अपांग व्यक्तिहरूका लागि एक दिवसीय शिविर सम्पन्न

n6446404171734977027232602d3b03c995bd7cc81055738522db829c2e275b929bf30c38da04ad2cc001f1

गान्तोक: पाकिम जिल्लाका भिन्नै रूपले सक्षम व्यक्तिहरूको पहिचान, स्क्रिनिङ, मूल्याङ्कन र अद्वितीय अपाङ्गता पहिचान कार्डको लागि एक दिवसीय शिविर पाकिम जिल्लाको महिला तथा बाल विकास विभाग तथा स्वास्थ्य तथा परिवार कल्याण विभागसँगको सहकार्यमा आज रिनोक सामुदायिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको छ।
शिविरको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र स्क्रिनिङ गर्नु, योग्य चिकित्सा विशेषज्ञहरू मार्फत उनीहरूको अपाङ्गता प्रतिशत मूल्याङ्कन गर्नु, अपाङ्गता प्रमाणपत्र जारी गर्नु र पोर्टलमा नामांकनको लागि आवश्यक कागज पत्रको सङ्कलन गर्नु रहेको थियोl यसले योग्य व्यक्तिहरूको लागि कार्ड प्रदान गर्न सहज होस्। कार्यक्रमको क्रममा कुल १३७ लाभार्थीहरूले सफलतापूर्वक आफ्नो अपाङ्गता प्रमाणपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा बोल्दै महिला तथा बाल विकास विभागकी उपनिर्देशक डिकित लेप्चाले यस शिविर आयोजना गरिनुको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको ढोकामै आवश्यक सेवाहरू प्रदान गर्नु, पहुँच र सुविधा सुनिश्चित गर्नु रहेको बताइन्। , उनले शिविरमा उल्लेखनीय सहभागिता देखिएको र यसले धेरै लाभार्थीहरूले आवश्यक प्रक्रियाहरू पूरा गर्न सक्षम भएको बाताइन्।

About Author

Advertisement