अपहरणको षड्यन्त्र गर्ने आमा छोरा पक्राउ, बालिका उद्धार

IMG-20240925-WA0305-copy

सिलगढी: सामाजिक सञ्जालमा प्रेम सम्बन्धको आडमा अपहरणको षड्यन्त्रको पर्दाफास गर्दै अपहरणमा परेका बालिकालाई उद्धार गरेर अपहरणको षड्यन्त्र रच्ने आमा-छोरालाई मतिगढा  थानाको पुलिसले पक्राउ गरेको छ। पहिले बालिकालाई सामाजिक सञ्जालमा प्रेमको जालमा फसाएर घरबाट भाग्न लगाए र पछि उनको परिवारसँग २० लाख फिरौती मागेको बताइएको छ। मतिगढा  थानाको पुलिसले बालिकालाई अपहरण गर्ने षडयन्त्रको पर्दाफाश गर्दै प्रेमी र उनकी आमालाई जयपुरबाट पक्राउ गरी सिलगढी ल्यायो। बालिकालाई सकुशल उद्धार गरियोl मतिगढा पुलिस थानाको पुलिस स्रोतका अनुसार १९ सेप्टेम्बरमा पुलिस चौकी इलाकाबाट एक विद्यार्थी घर नफर्केपछि गत २० सेप्टेम्बरमा बेपत्ता भएको उजुरीका आधारमा बालिकालाई खोज्न शुरु गरियो। यसैबीच बालिकाको परिवारलाई फोन आएको थियो जसमा अपहरणको कुरा गर्दै २० लाख रुपियाँ  फिरौती मागेको बताइएको छ। तर, पुलिसलाई फिरौतीको फोन आएपछि पुलिस खोजी शुरु गर्यो, र जाँचको दौरान सीसीटीबी फुटेजमा बालिका ट्युसन छोडेर बागडोग्रा विमानस्थलतर्फ एक्लै हिँडेको देखिएको थियो। यसले पुलिसलाई उनीहरूको पहिलो सुरागको रूपमा मद्दत पुर्‍यायो, अनुसन्धानको क्रममा पुलिसलाई फिरौतीको कल जयपुरबाट गरिएको जानकारी प्राप्त भयो। पछि अनुसन्धानमा अपहरणको गहिरो षडयन्त्र रहेको खुलेको थियो, सो जानकारीको आधारमा पुलिसले विशेष टोली बनाएर आइतबार जयपुर पठाएको थियो। सोमबार पुलिसको विशेष टोलीले बालिकालाई उद्धार गरेपछि अपहरणको आरोपमा आमा छोरालाई पक्राउ गर्यो। सोधपुछका क्रममा पुलिसले बालिका र युवक सामाजिक सञ्जालमा साथी बनेको थाहा पाए। त्यसपछि अमन शर्मा र उनकी युवककी आमाले बालिकालाई घरबाट भागेर जयपुर आउन राजी गराएl पुलिसके बताएअनुसार अपहरण गरे पछि बालिकाको परिवारसँग एक लाख रुपियाँ फिरौती मागेको थियो।

About Author

Advertisement