मंगन। हिज मंगन जिल्ला प्रशासनले कबिस्थित लिङचोम सामुदायिक हलमा अन्तर विद्यालय शैक्षिक उत्सव आयोजन गरियो। उत्तर सिक्किमलाई ड्रग्समुक्त बनाउने उद्देश्यका साथ यो उत्सव आयोजन गरिएको थियो। जिल्लापाल डा. एबी कार्कीको मार्ग निर्देशनमा आयोजन गरिएको यस कार्यक्रममा कबि र फुदोङ क्षेत्रका लगभग सात विद्यालयबाट ५० विद्यार्थी सहभागी थिए। विद्यार्थीहरूको निम्ति प्रश्नोत्तर, तर्क, भाषण, सामुदायिक पठन आदि जस्ता प्रतियोगिताहरू राखिएको थियो। मंगनका पुलिस अधीक्षक डा. छिरिङ एन. ग्याछोले विद्यार्थीहरूका निम्ति अन्तरक्रियात्मक करियर मार्गदर्शन सत्र सम्पन्न गरे।
जिल्लापाल कार्कीले सबै प्रतिभागीहरूलाई बधाई दिॅंदै प्रतिस्पर्धा र सिक्ने भावना जगाउन प्रोत्साहन प्रदान गरे। यसैगरी, उनले विद्यार्थीहरूलाई ड्रग्सलगायत हानिकारक पदार्थहरूबाट टाड़ा बस्न आह्वान गरे।









