अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

IMG-20250725-WA0113

सोनादा: रोटरी क्लब अफ् दार्जीलिङको आयोजनामा यसपालीदेखि अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई १०-१५ वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ र ती बिरुवाहरुलाई कसरी हेरचाह गर्छन् भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि कसले राम्रोसितले हेरचाह गरेका छन् त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ। रोटरी क्लब अफ दार्जिलिङले यस प्रतियोगितालाई ‘द ग्रिन थम्प’ नाम दिइएको जानकारी प्राप्त भएको छ। यसै प्रतियोगितालाई लिएर आज रोटरी क्लब अफ् दार्जीलिङको सभापति विवेक छेत्री र पूर्व सभापति टाँसी पिन्चो रंगबुलस्थित नर्सरीमा‌ बिरुवाहरु हेरेका थिए। यस प्रतियोगिता विषयमा पत्रकारहरुसित जानकारी गराउँदै रोटरी क्लब अफ दार्जिलिङले सभापति विवेक छेत्रीले रोटरी क्लब दार्जिलिङको तत्वावधानमा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने जानकारी गराउँदै यस प्रतियोगिताको नाम ‘माई प्लान्ट -माई रेस्पोन्सिबिटी’ नाम दिइएको जानकारी गराएका छन्। उनले प्रत्येक विद्यालयलाई १०-१५ वटा गरेर बिरुवाहरु उपलब्ध गराउने र वर्षभरि हेरचाहको आधारमा पुरस्कार प्रदान गरिने बताएका छन्।

About Author

Advertisement