अन्तर कार्यालय फुटबल टुर्नामेन्ट अन्तर्गत खरसाङ पुलिस र एसआई प्राथमिक स्कूल बिजयी

IMG-20240826-WA0292

खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको खरसाङ महकुमा अन्तर्गत अन्तर कार्यालय फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा खरसाङ पुलिस र एसआई प्राथमिक स्कूल बिजयी बनेको छ।

आज भएको पहिलो खेलमा खरसाङ पुलिस र डीएचआर रेलवेमाझ सम्पन्न भएको थियो। यस खेलमा खरसाङ पुलिसले जीएचआर रेलवेलाई १ गोलको विरुद्ध ३ गोलले पराजित गरेको छ। त्यसरी नै दोस्रो खेल एसआइ प्राथमिक स्कूल एआइएचएस स्कूल ब्लुमाझ सम्पन्न भएको थियो।

यस दोस्रो खेलमा एसआई प्राथमिक स्कूलले एआईएचएस स्कूल ब्लुलाई १ गोलको विरुद्ध २ गोलले परास्त गरेको छ।

आजको खेलमा निर्णायक मण्डलीमा मुख्य निर्णायक प्रमोद प्रधान अनि दावा डोमा, सहायकहरु दिव्यश्री गुरुङ अनि प्रशान्त राई र फोर्थ अफिसियलमा सञ्जय थापा थिए भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।

About Author

Advertisement