गान्तोक: अन्तर्राष्ट्रिय ताइ क्वान्डो खेलाडी मास्टर त्रिलोक सुब्बा र राष्ट्रिय खेलाडी डिक्की ओङ्गमु भोटियाले थाइल्यान्डको बेङ्ककमा प्रतिष्ठित स्वर्ण पदक जितेका छन्। सिक्किमका अन्तर्राष्ट्रिय ताइक्वान्दो खेलाडी मास्टर त्रिलोक सुब्बाले फेसन आइल्याण्डमा आयोजित १९औं तिरक अन्तर्राष्ट्रिय ताइ क्वान्दो च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गरेका थिए। उनले सिनियर मास्टर्स विधामा सहभागी भएर स्वर्ण पदक जितेका छन्। सिक्किमकी डिक्की ओङ्मु भोटिया राष्ट्रिय खेलाडीले पनि सब जुनियर महिला व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितिन्। थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, दक्षिण कोरिया, चीन, सिंगापुर, म्यानमार, श्रीलंका जस्ता कुल २८ देशहरूले भाग लिएका थिए।

मास्टर त्रिलोक सुब्बाले यस प्रतिष्ठित विदेशी अन्तर्राष्ट्रिय ताइ क्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेको र डिक्की ओङ्मु भोटियाले स्वर्ण पदक जितेकोमा एसोसिएशनले खुसी जागेर गरेको छ।









