८ जूनः भारतकी वनडे र टेस्ट कप्तान मिताली राजले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटको सबै प्रारूपबाट सन्न्यासको घोषणा गरिन्। मिताली (३९ वर्षीय) महिला वनडे इण्टरनेशनल क्रिकेटमा सर्वाधिक रन (७८०५) रन बनाउने खेलाड़ी हुन्। उनले ८९ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा २३६४ र १२ वटा टेस्ट म्याचमा ६९९ रन बनाइन्। मिताली राजको कप्तानीमा भारत २०१७ महिला वनडे विश्व कपको फाइनलमा पुगेको थियो। मितालीले जून १९९०-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण (डेब्यू) गरेकी थिइन् अनि भारतको निम्ति सबैभन्दा कुशल महिला क्रिकेटरहरूमा एकको रूपमा खेलबाट बिदा लिइन्। उनले भारतको निम्ति आफ्नो अन्तिम म्याच विश्व कपमा दक्षिण अफ्रिका विरुद्ध खेलिन्। भारत विश्व कपमा ग्रुप चरणमै अल्झिएको थियो तर मितालीले आफ्नो अन्तिम म्याचमा ८४ बलमा ६८ रन बनाएकी थिइन्, जुन अन्तमा गएर देशको निम्ति उनको अन्तिम ईनिंग्स साबित भयो। मितालीले ट्वीटरमा पास्ट गरेको भावनात्मक नोटमा भनेकी छन्, मैले देशको निम्ति आफ्नो सर्वश्रेष्ठ दिएँ। सालौंसम्म तपाईंहरू सबैको माया र समर्थनको निम्ति धन्यवाद। तपाईंहरू सबैको आशिर्वाद र समर्थनको साथ म आफ्नो जीवनको दोस्रो ईनिंग्सको प्रतीक्षा गरिरहेकी छु। मितालीले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त सातवटा वनडे शतक र एउटा टेस्ट शतकको साथ गरिन्। टेस्टमा उनले ४ वटा अर्द्धशतक अनि वनडेमा ६४ वटा अर्द्धशतक बनाइन्। उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि १७ वटा अर्द्धशतक बनाइन्।










