सिलगढी: सिलगढीका अङ्कुर बर्मन र तपस्वी दत्तले अन्तर्राष्ट्रिय कूडो प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएका खबरले शहरमा खुसीको माहोल छाएको छ।यूरेसियन कप २०२४ आर्मेनियामा अक्टोबरमा आयोजना हुनेछ। सिलगढीबाट दुई प्रतियोगीले एकै समय अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा भाग लिइने भएको यो पहिलो पटक हो।
यस प्रतियोगितामा उनीहरूको प्रतिस्पर्धा मंगोलिया, जापान, आर्मेनिया, इटाली, ईरान, रूस, दक्षिण कोरिया, बल्गेरिया र फ्रान्स जस्ता देशहरूसँग हुनेछ।
अङ्कुर र तपस्वी लामो समयदेखि प्रशिक्षक सहदेव बर्मनको प्रशिक्षणमा छन्। राम्रो प्रदर्शनको कारण यी दुईलाई यूरेसियन कपमा खेल्ने अवसर प्राप्त भएको हो। अङ्कुर र तपस्वीले यसको लागि दिन-रात मेहनत गरिरहेका छन्।










