अन्तर्राष्ट्रिय कराते च्याम्पियन्सीप २०२५मा गाडीधुराकी अर्पिता थापाले जितिन् स्वार्ण पदक   

IMG-20250131-WA0164

सिलगढी: गान्तोकको पालजर इस्टेडियममा २८-३० जनवरीमा सिक्किम इस्टेट कराते डु एसोसिएसनद्वारा आयोजना गरिएको सिक्किमको पहिलो खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियन्सीप २०२५, जसमा नेपाल, भुटान, बङ्गलादेश, श्रीलंका अनि भारतका विभिन्न राज्यका खेलाडीहरु गरी जम्मा ७०० प्रतियोगीहरुले सहभागी जनाएको थियोl यस अन्तर्राष्ट्रिय खेलमा सन्त मेरिज-३ ग्राम पञ्चायतको गाडीधुरा अमृत बस्तीका निवासी अर्पण थापा अनि रोमा प्रधान थापाका छोरी तथा दुधे फ्रेन्डसिप इङ्गलिस स्कूलका विधार्थी अर्पिता थापाले स्वर्ण पदक जितेकि छनl सम्पूर्ण सन्त मेरिज-३ ग्राम पञ्चायत,  दुधे फ्रेन्डसिप इङ्गलिस स्कूल, तथा गाडीधुरालाई गर्वन्वित पारेकोमा छेमा रजनी प्रधान, तथा काका बर्नाबस प्रधानले छोरीलाई हार्दिक जनाएका छन्।

About Author

Advertisement