अन्तराष्ट्रीय मानव अधिकार परिषदद्वारा आर्थिक सहयोग प्रदान

IMG-20220818-WA0181.jpg

गान्तोक: अन्तराष्ट्रीय मानव अधिकार परिषद सिक्किम शाखाले आजादीका अमृत महोत्सव अन्तर्गत एक कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको सेन्ट जेवियर्स विद्यालयमा आयोजित कार्यक्रममा अन्तराष्ट्रीय मानव अधिकार परिषदका निर्देशक रबिन राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यस अवसरमा परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरिएको क्रिश शाहले जानकारी गराएका छन्। सोही क्रममा तिकजुक निवासी भीम बहादुर तामाङलाई आर्थिक सहयोग गरेको पनि उनले थप बताएका छन्। स्टेट डेपुटी डायरेक्टर चन्द्र योञ्जनको पहलमा सो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि राईले राज्यमा शान्तिको कामना गरे। कसैले पनि हिंसा नगर्ने र प्रगतिको पथमा अघि बढनु पर्ने सुझाउ दिए। सिक्किम एक शान्ति राज्य भएको कारण यहाँको शान्ति सृङ्खलालाई कायम राख्नु पर्ने आग्रह गरेको शाहले अवगत गराएका छन्।

About Author

Advertisement