अन्तराष्ट्रिय नशा निरोधक दिवसमा रयाली

बीरपाडा: स्वराज सोसाइटी र सिनी संस्थाको संयुक्त आयोजनामा अन्तराष्ट्रीय नशा निरोधक दिवस पालना गरियो। उक्त आयोजक टोलीले समाजमा व्याप्त गाँजा, भाङ, चरस, गोटी, ट्याबलेट, ड्रग्स, कोरेक्स आदि नशालु पदार्थहरूको घोर विरोध जनाउदै प्रतिवाद र्या:ली निकाले।

उक्त र्यासलीमा शिक्षित युवा-युवती, वरिष्ठगण, समाजसेवीवर्ग लगायत सा-साना बाल बच्चा र ग्रामवासी सहभागी भएको जानकारी आयोजक पक्षका अनिल लामाले जनाए। उक्त कार्यक्रमको उद्देश्य कसैलाई व्यक्तिगत रूपमा आहत नगरी नव युवावर्गमा नशालु पदार्थहरू जस्ता समाज बिगार्ने वस्तुहरूदेखि सचेतना ल्याउन र वर्तमान समाजमा व्याप्त यी नशालु पदार्थहरूको बहिष्कार होस् भन्ने उद्देश्यले जनजागृति र्याकलीको आयोजन गरिएको अशोक प्रधानले बताएका छन्। उक्त र्या ली वर्षा वाधित रहे तापनि एकदमै सफल र प्रभावशाली रहेको जानकारी सिनी संस्थाकी सदस्या रोमा राणाले बताइन्। र्यााली पश्चात लङ्कापाड़ा चियाबारी मिलन क्लबका सदस्यगणद्वारा आयोजित रक्तदान शिविर केन्द्रको सराहनीय गर्दै उक्त शिविरमा स्वराज सोसाइटीका जम्मै सदस्यगण पनि सहभागी भए। सोसाइटीका सचिव सुनील दर्नाल र प्रमुख सल्लाहकार राजीव तामाङ्गले रक्तदान गरे।

About Author

Advertisement