अन्तरराष्ट्रिय योगा दिवसको तयारीमा समन्वय बैठक सम्पन्न

IMG-20220608-WA0141.jpg

नाम्ची। आठौं अन्तरराष्ट्रिय योगा दिवस पालन गर्ने विषयबारे आज नाम्चीको जिल्ला प्रशासनिक केन्द्रमा दोस्रो समन्वय बैठक सम्पन्न भयो। राज्यको स्वास्थ्य विभागीय आयुक्त एवं सचिव डी. आनन्दन, जिल्लापाल एम. भरानी कुमार, वरिष्ठ पुलिस अधीक्षक केएल तेञ्जिङ, अतिरिक्त जिल्लापाल सत्येन के प्रधान, आयुष मन्त्रालयका संयुक्त निदेशक एवं एसपीओ कर्मा चन्दन भोटिया अनि सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य विभागीय आयुक्त एवं सचिव डी. आनन्दनले योगा दिवस सफलतापूर्वक आयोजन गर्न मुख्य विविध विषयबारे प्रकाश पारे। सम्बन्धित विभागका अधिकारीहरूले आफ्नो भूमिका अनि जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने उनले बताए। यो वर्ष २१ जून अन्तरराष्ट्रिय योगा दिवस नाम्चीको भाइचुङ स्टेडियममा पालन गरिने भएको छ। उक्त अवसरमा राज्यपाल गंगा प्रसाद अनि मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष सहभागिता रहनेछ। सो कार्यक्रममा स्थानीयहरूले पनि सहभागिता जनाउने भएका छन्। विद्यार्थीलाई ओसार-पसार गर्न बसको व्यवस्था, नाम्ची र वरिपरिका विद्यालय तथा कलेजका विद्यार्थीको सहभागिता सुनिश्चित गर्न स्वस्थ जीवनशैली अवलम्बन गर्ने, ट्राफिक व्यवस्थापन, राष्ट्रिय गीतको लागि पुलिस ब्याण्डको व्यवस्था लगायतका विषयमा आज विस्तृतरूपमा छलफल गरियो।

About Author

Advertisement