अन्तरराष्ट्रिय कला शिविरको आयोजन

1f1f74ce-cbfb-4b4b-aaa2-fa11537d7700

गान्तोक: आज राजभवन परिसरमा लिङ्कआर्ट वर्ल्ड, गान्तोक र विविध कला अकादमी, गान्तोकको संयुक्त तत्वावधानमा अन्तरराष्ट्रिय कला शिविरको आयोजन गरियो। शिविरमा ४४ चित्रकारले भाग लिएका थिए, जसमा भारतका १७, बांग्लादेशका ११ र नेपालका १६ जना सामेल थिए। आज शिविरको मुख्य उद्देश्य राज्यपालसॅंग भेट गर्नु तथा राजभवन परिसरमा सिक्किमको सुन्दरता र विभिन्न परिदृश्यहरूलाई क्यान्भसमा कैद गर्नु थियो। चित्रकारहरूले मुख्य रूपमा वाटर कलर पेन्टिङ गरेका थिए।

टीमको अगुवाई संस्कार भारती, सिक्किमका अध्यक्ष किरण रसाइलीले गरेका थिए। पेन्टिङ भारत, बांग्लादेश र नेपालमा पनि प्रदर्शित गरिने छ। विविध कला अकादमीले राज्यमा गत १० वर्षदेखि फोटोग्राफी, संगीत र पेन्टिङमाथि काम गर्दै आएको छ। यसरी नै लिङ्कआर्टले पहिलोपल्ट अन्तरराष्ट्रिय कला शिविरको आयोजना सिक्किममा गरेको हो।

राज्यपाल गंगा प्रसादले चित्रकारहरूमा शुभकामना व्यक्त गर्दै भने, ‘यस प्रकारको शिविरले विभिन्न देशका कलाकाहरूलाई मञ्च प्रदान गर्नुका साथै एकअर्काबीच भाइचाराको भावना पनि सृजना गर्छ।’

About Author

Advertisement