अनुब्रत मण्डललाई जमानत गराउन धम्की दिएको आरोप

IMG_20220823_193640.jpg

कोलकाता: आसनसोलस्थित सीबीआई अदालतका विशेष न्यायाधीश पशु तस्करी मुद्दामा आरोपी अनुब्रत मण्डललाई जमानतको लागि धम्की दिइएको दाबी गरेका छन्l मण्डल हाल सीबीआईको हिरासतमा छन्। अनुब्रत मण्डल बाहिर नआए उनका परिवारका सदस्यहरू विरुद्ध झूटा मुद्दा चलाउने धम्की दिइएको न्यायाधीशले बताए।

न्यायाधीश राजेश चक्रवर्तीले पत्रमार्फत बप्पा च्याटर्जी नामका व्यक्तिले धम्की दिएको बताएका छन्। च्याटर्जीले भने, ‘यदि मण्डललाई जमानत दिइएन भने, न्यायाधीशको परिवारविरुद्ध लागू औषध र साइकोट्रोपिक पदार्थ ऐनअन्तर्गत मुद्दा दर्ता गरिनेछl’ न्यायाधीशले यस विषयमा पश्चिम बर्धमानका जिल्ला न्यायाधीशसमक्ष उजुरी गरेका छन् र उजुरीसँगै उक्त पत्र पनि संलग्न गरेका छन्। उनले यो मुद्दा कलकत्ता उच्च अदालतमा लैजान अनुरोध गरेका छन्। पत्रमा धम्की दिने व्यक्तिले आफू पूर्वी बर्धमानको म्याजिस्ट्रेट अदालतको हेड क्लर्क भएको दाबी गरेका छन्। उनले पत्रमा भनेका छन्, ‘तपाईँलाई टीएमसी नेता अनुब्रत मण्डललाई तुरुन्त जमानत दिन अनुरोध गरिएको छl’ यस विषयमा भाजपा पनि सक्रिय भएको छ। भाजपा आईटी सेल प्रमुख अमित मालवीयले ट्वीट गरे कि अनुब्रता मण्डलको पक्राउपछि पनि उनलाई बचाउन कोशिश गरिरहेको छ। सीबीआई अदालतले अनुब्रत मण्डलको हिरासत २४ अगस्तसम्म बढाएको छ। ११ अगस्तमा अदालतले उनलाई सीबीआई हिरासतमा पठाएको थियो।

About Author

Advertisement