अनुपूरक अनुदान माग सिक्किम विधानसभामा बिना बहस पारित

photocollage_2022823224715475.jpg

गान्तोक: आज प्रथम अनुपूरक अनुदान माग सिक्किम विधानसभामा बिना बहस पारित गरियो। मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले हिजो सदनमा ३५९७२.२७ लाख रूपियाँको प्रथम अनुपूक अनुदान माग पेश गरेका थिए। दुई दिने विधानसभा अधिवेशनको आज अन्तिम सदनमा उक्त माग बिना बहस पारित भयो।

यसैगरी, हिजो सदनमा १२ वटा विधेयक पेश गरिएको थियो, जसमा तीनवटा नयॉं विधेयक र अन्यहरू संशोधन विधेयक थिए। नयॉं विधेयकहरूमा ‘सिक्किम जन सेवा वितरण (सेवाको अधिकार) विधेयक, २०२२’ र ‘सिक्किम रेजिस्ट्रेशन एण्ड लाइसेन्सिङ अफ् टुरिस्ट ट्रेड बिल, २०२२’ हल्का बहसपछि पारित गरियो भने ‘महात्मा गान्धी विश्वविद्यालय सिक्किम विधेयक, २०२२’ बिना बहस पारित गरियो।

सदनका सदस्य डीआर थापाले बहसमा भाग लिॅंदै कतिपय आफ्ना आपत्तिहरूका साथै सुझाउहरू राखेका थिए। संशोधन विधेयकहरूमा ‘सिक्किम पब्लिक डिमाण्ड्स रिकभरी विधेयक’ बहसपछि पारित गरियो। रहल संशोधन विधेयकहरू बिना बहस पारित गरियो।

About Author

Advertisement