अनुज्ञालय तथा खण्ड स्तरीय बाल बालिका क्लबको आयोजनामा भाषा दिवसको उपलक्ष्यमा कार्यक्रम सम्पन्न

गोरुबथान (महेश्वर प्रधान): अनुज्ञालय गैरसरकारी संस्था तथा खण्ड स्तरीय बाल बालिका क्लबको तत्वावधानमा आज माल बस्ती यु सि एन आई चर्चको मल्टीप्रपोज हलमा भाषा दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना भएको थियो।यस कार्यक्रमको मुख्य अतिथीको रुपमा आशा रोशलिन एक्का थिइन भने अन्य अतिथिहरुमा सुदिप बम्जन, उज्जवल राई, राजु सार्की, जयराज प्रधान, प्रदेस राई,निर्दोशिका तामाङ, महेश्वर प्रधान, सुमन राई, सुष्मा राई, उदय तामाङ तथा विभिन्न विद्यालयहरुको शिक्षक शिक्षिकागण तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।यस कार्यक्रममा साहित्यप्रति जागरुक रहेका गोरुबथान भेकका तीनजना नारी हस्ताक्षरहरु क्रमैले निर्दोशिका तामाङ, शीतल थापा र अनिसा शर्मालाई सम्मान जनाइयो।यी नारी हस्ताक्षरहरुलाई सम्मान पत्र पनि प्रदान गरियो।

कार्यक्रममा गोरुबथान खण्डका विद्यालयका नानीहरुले मीठो कविता वाचन गरेर दर्शक दीर्घालाई मन्त्रमुग्ध पारे।यसरी कविता वाचन गर्ने नानीहरु क्रमैसँग युद्धवीर उच्चतर माध्यमिक विद्यालय, माउन्ट जोयन, मास्कट एकाडेमी, होली चाइल्ड स्कुल, सन्त फ्रान्सिस अशिशी स्कुल, फाफरखेती एम एस के, रोजमेरी बोर्डिङ स्कुल, एम एस के बडा फागु, पोख्रेबुङ हाइ स्कुलबाट आएका थिए।भाषा मार्फत बाल अधिकारको आवज उठान भन्ने विषयमा राखिएको कार्यक्रमलाई निर्दोशिका तामाङ, शीतल थापा,सुदिप बम्जन, उज्जवल राई र मुख्य अतिथी आशा रोजलिन एक्काले सम्बोधन गरेका थिए। सम्पुर्ण कार्यक्रम खण्ड स्तरीय बाल बालिका सदस्यहरुले संयुक्त रुपमा सन्चालन गरेका थिए।

About Author

Advertisement