अनित थापा अनि यूकेएफसी खेलाड़ीहरू माझ भेटघाट कार्यक्रम सम्पन्न

IMG-20250119-WA0215

फुटबल खेल्नु मात्र होइन तर हरेकको सपना, प्रोफेसनल फुटबल खेलाड़ी बन्नु हुनुपर्छ: अनित थापा

खरसाङ: जीटीए प्रमुख कारयपाल अनित थापा अनि यूकेएफसी क्लबका खेलाड़ीहरूमाझ भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यस भेटमा थापा अनि खेलाड़ीहरूमाझ फुटबल खेल, वर्तमानमा पहाड़मा फुटबल खेलको अवस्था, खेलाडीहरूले सामना गर्नुपर्ने समस्याहरूको बारेमा चर्चा भयो। भेटघाटमा खेलाडीको हौसला बढ़ाउँदै थापाले भने, हाम्रा खेलाड़ीहरू बूल्स आई ब्राण्डेड खेलाडी बन्नु पर्छ। विगतको दिनमा खरसाङमा थुप्रै फुटबल खेलाड़ी जन्माउने क्लबको नाम लिनुपर्दा यूकेएफसी क्लबको नाम लिइन्छ। कतिपय परिस्थितिको कारण क्लब सुस्ताएर गयो। आज क्लब फेरि जाग्न थालेको छ। धेरै भाईहरू फुटबल खेलाड़ी बन्ने सपना लिएर क्लबसँग जोड़िएका छन्। हाम्रा युवाहरूको निम्ति यो प्रेरणादायी कुरा हो।
थापाले क्लबका खेलाड़ीहरूसँग बसेर कुराकानी गरेपछि फुटबल खेलमा चाहिने बुट अनि ट्रयाक सुट पनि खेलाड़ीहरूलाई प्रदान गरे। खेलाड़ीहरूलाई हौसला बढाउँदै थापाले अझ भने, सपना हुनुपर्छ, फुटबल खेल्नु मात्र होइन तर हरेकको सपना, प्रोफेसनल फुटबल खेलाड़ी बन्नु हुनुपर्छ। त्यसर्थ खेल्नु महत्वपूर्ण हो, कस्तो ग्राउण्ड अनि कस्तो होस्टेलमा बस्नु होइन। यूकेएफसी क्लबले जुन सुविधा दिन्छ पहाड़मा सायदै अरु कुनै क्लबले दिन्छ। एकदिन तपाईहरू प्रोफेसनल खेलाड़ी बन्नुहुनेछ तर म कहाँबाट आएको हुँ, मलाई सहायता गर्ने को हुन्, कसैलाई पनि बिर्सनु हुँदैन। आफ्नो जरा कहिले बिर्सनु हुँदैन। कुनै पनि क्षेत्रमा सेल्फ ब्रान्डिङ् अति महत्वपूर्ण कुरा हो। खेल्ने थुप्रै हुन्छन् तर ब्राण्डेड खेलाड़ी कम हुन्छन्। तपाईंहरू बूल्स आई ब्राण्डेड खेलाड़ी बन्नु होस्।
आजको दिन फुटबल खेलमा नाम पनि छ, पैसा पनि छ तर खेलकुदमा अनुशासन हुनु अति आवश्यक छ।

About Author

Advertisement