अनित थापाले खरसाङ गिध्द पहाड़ समष्टिलाई उप चुनावको लागि छोडेर कुनै युवा नेतालाई मौका दिने

IMG-20220708-WA0138.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले जीटीएमा दुईवटा आशनबाट चुनाव लड़ेका थिए। उनी दुवै आशनबाट बिजय बनेका थिए। त्यसैले अब दुईवटा आसनमा एकवटामा उप चुनाव हुनेछ। तेसो हो भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले जितेको दुईवटा समष्टिहरू खरसाङ गिध्द पहाड़ र सिटोङ लाठपञ्जार समष्टीमा कुन समष्टीमा उप चुनाव हुनेछ भनी मानिसहरूमा कौतुहलता सिर्जना भएको छ। उक्त कौतुहलतालाई विराम लगाउँदै आज बिहान नवनिर्वाचित सभासदहरू र पार्टी कार्यकर्ताहरुलाई भेटघाट गर्ने क्रममा अनित थापाले आफ्नो दुईवटा समष्टिहरूमा सिटोङ लाठपञ्जार समष्टीलाई जारी राख्दै खरसाङ गिध्द पहाड़ समष्टिलाई चुनावको लागि छोड़ने भएको छ। उनले खरसाङ गिध्द पहाड़ समष्टिमा उप चुनावको लागि छोड्ने भएपछि अब जीटीएको लागि खरसाङ गिध्द पहाड़ समष्टिमा उप चुनाव हुने देखिएको छ। उक्त उप चुनावको लागि खरसाङ गिध्द पहाड़ समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रुपमा युवा शक्तिको कुनै नेतालाई मौका दिने भएको जानकारी पार्टी सुत्रबाट थाहा लागेको छ। तर अहिलेसम्म उप चुनावको कुनै सूचना प्राप्त भएको छैन तर पार्टीले अनित थापाले छोड़ेको यस समष्टीबाट कुनै युवा नेतालाई प्रार्थीको रुपमा प्रार्थी बनाउने भएको जानकारी प्राप्त भएको छ। केही समय अघि युवा शक्तिको नेतृत्वहरूले अनित थापाले जितेको दुईवटा सिटमा एउटा सिटमा हुने उप चुनावमा युवा शक्तिको नेतालाई नै मौका दिनु पर्ने मांग गरेका थिए। अब यस समष्टीबाट युवा शक्तिको कुन नेतालाई मौका दिने हो त्यो जिज्ञासको विषय बनेको छ। युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ छन् जो खरसाङ गिध्द पहाड़ समष्टिकै हुन्। उनी खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पनि हुन्। अब खरसाङ गिध्द पहाड़ समष्टिको लागि हुने उप चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पेमेन्द्र गुरुङ कि अन्य युवा नेताहरूलाई टिकट दिने हुन् अथवा अरु कसैलाई टिकट दिने हुन् त्यो कौतुहलताको विषय बनेको छ।

About Author

Advertisement