खरसाङ: आगामी जीटीए चुनावमा खरसाङको २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा उठेका सन्तकिशोर गुरुङले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले डीएम अफिस अघि नै गएर मेरो प्रार्थी खारेज गरे गरोस् भनी दिएको बयानको विरोध जनाएका छन्। अनित थापा उठेको खरसाङ गिध्द पहाड़ समष्टिबाट नै निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको सन्तकिशोर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले कानुनलाई पनि सम्मान गर्नु पर्ने हो भन्दै वेतन नपाएको चियाबारी श्रमिकहरूको छोरा छोरीहरूलाई सहयोग गर्ने कुरा ठीकै हो अनि म पनि समर्थन गर्छु तर डीएम अफिस अघि नै गएर मेरो प्रार्थी खारेज गरे गरोस् भनी दिएको बयान अलिक ठीक भएन भनी बताएका छन् । उनले अघि भने अनुसार अनित थापाले चुनावको आचार संहिता लागु भएको बेलामा कानुनको कानुनको सम्मान नगरेको जस्तै भयो कारण डीएमको अण्डरमा यो चुनाव भईरहेको छ तर डीएम अफिस अघि गएर नै यसो भन्नु ठीक होइन भनी बताएका छन्। निर्दलीय प्रार्थी सन्तकिशोर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै सरकारले चियाबारी श्रमिकहरूको दैनिक हाजिरा १५ प्रतिशत बढाएर २३२ रुपियाँ गरेको विषयमा आफु असन्तुष्ट रहेको पनि बताएका छन्। उनले श्रमिकहरूको हाजिरा निम्नत्तम रोजगार अधिनियम अनुसार बढ्नुपर्छ भन्दै यसको लागि यहाँको जनप्रनिधिहरूले आवाज उठाउनु पर्ने हो भन्दै चुनावपछि यस विषयमा आफु लागि पर्ने बताएका छन्। यस कुराको लागि अहिले चुनाव आचार संहिता लागु भएकोले पत्र लेख्न नसकेको तर यसको विषयमा सासंद राजु विष्ट, विधायकद्वय बीपी बजगाई र निरज जिम्बा, राज्य सभा सासंद शान्ता छेत्रीलाई आफुले जानकारी गराएर निम्नत्तम रोजगार अधिनियमको लागि प्राईवेट बिल ल्याउनु पर्ने मांग गरेको पनि बताएका छन्। निर्दलीय प्रार्थीको रुपमा अनित थापाको विपक्षमा उठेका सन्तकिशोर गुरुङले म आब राजनीतिमा आएको हो र हारेपनि म राजनीतिमा नै लागिरहने छु भन्दै नेताहरूलाई अब सजिलो हुने छैन भनी बताएका छन्।









