अनित थापाद्वारा नागरी फार्म उच्चतर माध्यमिक विद्यालयको भ्रमण गर्दै स्कूलको शौचालयको समस्या समाधान गरिदिने

IMG-20221011-WA0151.jpg

दार्जिलिङ: स्वर्गिय विनोद स्याङ्देनको शुध्दी कार्यमा पुगेका जीटीए प्रमुख कार्यपाल अनित थापा दिवङ्गत आत्मालाई श्रद्धा अर्पण गरी सकेर नागरी फार्म उच्चतर माध्यमिक विद्यालय पनि भ्रमणमा पुगेका थिए। उनको साथमा जीटीए सभाको अध्यक्ष अन्जुल चौहान, सभासद नोबल बम्जन पनि थिए। स्कूल परिसरमा पुगेका जीटीए प्रमुख कार्यपाल अनित थापालाई शिक्षक शिक्षिकाले खादार्पण गरी स्वागत जनाएका थिए।
भ्रमण विषय अनित थापाले भने, “मेरो स्कूल भ्रमण अचानक भएको हो। केही वर्ष अघि पनि यो स्कूलमा आएको थिए। विद्यार्थीहरूको शौचालयको समस्या रहेको थियो। यहाँ आएको समय त्यही समस्या विषय जानकारी पनि लिए। मैले स्थानीय सभासद्लाई यो विषय कार्य गर्ने निर्देश दिएको छु।”

स्कूल परिभ्रमण अघि उनले राङभाङ भ्याल्लीका दिवङ्गत प्रख्यात गायक एवम् संगीतकार विनोद स्याङदेनको घर पुगी श्रद्धा अर्पण गरे। “विनोद स्याङ्देन् कै कारण यो क्षेत्रलाई मानिसले चिन्छन्”, अन्जुल चौहान भन्छन। उनले जानकारी दिएका छन् कि स्वर्गीय विनोद स्याङ्देनको प्रतिभाको सम्मान गर्दै उनको प्रतिमा स्थापना गरिनेछ। प्रतिमा स्थापनाको निम्ति अनित थापाले सहयोग पुर्याउनु हुनेछ।

About Author

Advertisement