अनित थापाको विद्यार्थीलाई सफलताको अनित मन्त्र “हारमा नै जीत लुकेको हुन्छ”

खरसाङ: सन्त अल्फन्स उच्चतर विद्यालय, खरसाङमा आयोजित क्विज प्रतियोगितामा मुख्य अतिथिको रूपमा आज जीटीएका प्रमुख कार्यपाल उपस्थित थिए। अनित थापाको विद्यार्थीलाई सफलताको अनित मन्त्र “हारमा नै जीत लुकेको हुन्छ।”

उनले आफ्नो सम्बोधन मा भने, “मलाई म सन्त अल्फन्सको विद्यार्थी हुँ भन्नु गर्व लाग्छ। पढ्नु त सबै स्कुल ले सिकाउँछ तर यो स्कूलले मलाई संघर्ष गर्नु सिकायो। संघर्ष गर्यो भने लक्ष्यमा पुग्नु सकिन्छ भन्ने सोच दिलायो। अझ पनि मेरो जीवन सङ्घर्षमय नै छ। तपाईहरू भाग्यमानी हुनुहुन्छ कि तपाईहरू सन्त अल्फन्स विद्यालयको विद्यार्थी हुनुहुन्छ। घमण्डसंग भन्नुहोस म यस स्कूलको विद्यार्थी हुँ। मलाई यहाँ आउँदा शान्ति महसुस हुन्छ। सफलताको मन्त्र विद्यार्थीलाई बताउँदै उनले भने, “प्रतियोगितामा हार जीत हुन्छ। तर हारमा कहिले पनि निराश हुनुहुदैन। म पनि चारपल्ट हारेको हुँ। हारले नै शिक्षा दिन्छ। हार्दा मैले अझै कोसिस गर्नुपर्छ भनी प्रेरणा लिनुपर्छ। हारमा नै जीत लुकेको हुन्छ।” कार्यक्रममा थापालाई विद्यालयले सम्बर्दना पनि चढाए।

About Author

Advertisement