अनित थापाको चिया सल्लाहकारको बैठक बहिष्कार गर्ने पत्रपछि भोलि हुने समितिको बैठक स्थगित

photocollage_202492520529522

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको चिया सल्लाहकारको बैठक बहिष्कार गर्ने पत्रपछि सिलिगढीमा भोलि २६ सितम्बरको दिन डाकिएको टी एडभाइजरी समिति ( चिया सल्लाहकार समिति) को बैठक स्थगित गरिएको जानकारी प्राप्त भएको छ। सूचनामा स्थगित हुनुको कारण टाल्न नसक्ने परिस्थितिलाई बताइएको छ।
आज दिउँसो मात्र चिया सल्लाहकार समितिका सदस्य अनित थापाले श्रम मन्त्रीलाई श्रमिकको २०% बोनसको मांगलाई सही ढंगले सम्बोधन गरेन भने ‘म चिया सल्लाहकार समितिको बैठकलाई बहिष्कार गर्नेछु’ भनी पत्राचार गरेका थिए। समितिको बैठक रद्द हुनुको मुख्य कारण यही नै हो भनी भागोप्रमोको पक्षबाट दाबी गरिएको छ। चिया श्रमिकको २०% बोनसको मांगलाई अनित थापाको पत्र अनि पत्रको प्रभाव यस स्थगित बैठकले टेवा पुर्याएको प्रतित हुन्छ भनी भागोप्रमोको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी बताइएको छ।

About Author

Advertisement