अनित थापाको उपस्थितिमा युवा शक्ति खरसाङ टाउन कमिटीको सभा सम्पन्न

IMG-20260318-WA0095

विगतका नेताहरूले युवाहरुलाई माेहरा मात्रै बनायाे तर अबको युवाहरु अशान्ति गर्ने दिशामा जानु हुँदैन: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति टाउन कमिटीकाे आयाेजनामा एक सभा बन्धन लामाकाे अध्यक्षता सम्पन्न भयाे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समिति अध्यक्ष अनित थापाकाे उपस्थितिमा भएको सभामा केन्द्रीय समिति एवं खरसाङ महकुमा चुनाउ प्रभारी समीरदिप ब्लाेन, खरसाङ महकुमा अध्यक्ष सुमन बम्जन २९ नम्बर समष्टि अध्यक्ष प्रेमेन्द्र गुरुङ, सभासद श्याम शेर्पा, टाउन चुनाउ प्रभारी सबिता कार्की, टाउन कमिटी अध्यक्ष राजु शर्मा, मूल सचिव बिरबल पाखरिङ, उप सभापति सञ्जय मुखिया, युवा शक्ति खरसाङ टाउन कमिटी सागर थापा सहसचिव दिपेन राई कार्यकारी सदस्यहरु साथै वाड नम्बर १ देखि २० सम्मका युवा शक्ति सभापति सचिव साथै सदस्यहरुकाे बाक्लो उपस्थिति रहेकाे थियो। सभालाई सम्बोधन गर्दै टाउन मूल सचिव बिरबल पाखरिङले भने, युवा भनेकाे पहाडकाे आउने भविष्य हाे, युवाहरुकाे हरेक क्षेत्रमा भागिदार हुनु जरुरी छ। राजनीतिमा पनि सामाजिक कार्यमा पनि संगठन बलियो बनाउन हेतु टाउन कमिटीले जे सहयाेग गर्नुपर्छ हामी गर्नेछाैं। तपाईंहरुकाे सहभागीता हरेक बुथ कमिटीमा रहनुपर्ने छ। १ देखि २० सम्म अहिले चुनाउ प्रचारमा हामी लागिपरेका छाैं। हजुरहरु पनि यस कार्यमा सहमिलित हुनुपर्छ। यसरी नै खरसाङ टाउन कमिटी चुनाउ प्रभारी सबिता कार्कीले भनिन् अब पहाडकाे जिम्मेवारी तपाईहरुकाेमा छ। तपाईंहरु हरेक छेत्रहरुमा जानुपर्छ। पहाड शान्तिपूर्ण राख्नु युवाहरूको ठूलाे भुमिका रहिआएको छ। विगतकाे दिनमा युवाहरूले झेल्नु परेका दु:खहरु हामीले नजिकबाट देखेका छाैँ। कति केसहरु लागे कति सहिद भए। अब यस्तो प्रकारकाे कार्य दार्जीलिङ पहाडमा हुनु दिनु हुँदैन। भागाेप्रमो केन्द्रीय सदस्य एव खरसाङ महकुमा चुनाव प्रभारी समीरदिप ब्लोनले भने, याे आजको युवाहरूको भिड सचेत युवनहरुकाे भिड हाे। जागरुक युवाहरूको भिड हाे। हामी पनि युवा संगठनदेखि नै राजनीतिमा काम गर्दै आएका हाैँ। हामी बुझ्नु सक्छाैँ। तपाईंहरुकाे दु:ख समस्या।हामी लागिपरेका पहाडीलाई शान्तिपूर्णपूर्ण बनाउन अहिले चुनावी माहाेल छन्। चुनाउ घाेषणा भईसकेकाे छ। हाम्रो पार्टीकाे खरसाङकाे उमेदवार महासचिव अमर लामा हाे। याे हाम्रो साेभाग्य हाे एक असल राजनेता वरिस्ठ अधिवक्ता। हरेक कुरामा तर्क गर्नु सक्ने सरकारसँग मिलेर काम गर्नु सक्ने अनुभवी उमेदवार हामीले पाएका छाै‌। त्यस्र्थ अब युवा शक्तिको तर्फबाट पनि चुनाव प्रचारमा लाग्नुपर्छ। सभामा सभासद श्याम शेर्पाले भने, २०२६ विधानसभा चुनाव नजिकै छ। उमेदवार घाेषणा भईसकेकाे छ। हरेक वार्डमा विगतकाे भन्दा युवाहरूको सहभागीता धेरै छ। पार्टीलाई विश्वास गरेर हरेक दिन नै हामीसँग सम्पर्क गरिरहेका छन्। टाउन युवा शक्ति काम गराई असल छ पार्टीलाई बलियो बनाईराख्नुमा युवाहरूको ठूलाे देन रहेआएकाे छ।‌ केन्द्रीय अध्यक्ष अनित थापाकाे साेचलाई यसरी नै साथ दिनु हाेस। हामी हजुरहरुकाे साथ रहने छाैँ। केन्द्रीय अध्यक्ष अनित थापाले युवा शक्तिकाे सभालाई सम्बोधन गर्दै भने, म कसैलाई गाली गरेर अघि बडदिन गाली गर्ने संसकार मेराेमा छैन। म सरकारसँग मिलेर काम गर्छु। पहाड शान्ति राख्नु मेराे जिम्मेवारी हाे र तपाईहरु पनि याे अभियानमा लागिपर्नु हाेस्। विगतका नेताहरूले युवाहरुलाई माेहरा मात्रै बनायाे। अबको युवाहरु अशान्ति गर्ने दिशामा जानु हुदैँन। आवेशमा आएर केही नराम्रो काम गर्नु हुदैँन। म वचन दिएपछि काम गरेर देखाउने नेता हाे। म झुक्याएर काम गर्दिन। जे सत्य हाे त्यो कुरा गर्छु। युवा शक्ति टाउन कमिटीले राम्रो काम गरिरहेकाे छ। अध्यक्ष बन्धन लामा, सचिव सागर थापा साथै यस टाेलीकाे काम गराई राम्रो छ। अझै राम्रोसँग काम गर्नुपर्छ अब केही दिनपछि फेरि एउटा भब्य सभा राख्नुहोस्। सम्पूर्ण युवा शक्तिका सदस्यहरु साधारण सदस्यहरुलाई निम्तो दिनु हाेस् केन्द्रीय समितिका वक्तहरुलाई आमन्त्रित गर्नु हाेस्। म युवा शक्तिलाई दिशानिर्देश दिने छु अनि तपाईहरुलाई काम गर्नु सजिलाे हुनेछ। कतिपय वार्डहरुमा युवा शक्ति कमिटी पूर्ण गठन गर्नुपर्ने रहेकाे छ।

म बसेर नै याे कार्य सफल बनाउने छु। युवा शक्ति टाउन कमिटी अध्यक्ष बन्धन लामाले भने पार्टी अध्यक्ष सभामा आफ्नो उपस्थिति दिनु भनेको युवा शक्ति टाउन कमिटीलाई ठुलो उर्जा प्राप्त भएको छ। संगठन एंव काम गर्नु धेरै सहज भएको छ। हामी कहाँ कमजोर छौँ उक्त ठाउँमा हामी भाेलिदेखि नै संगठन विस्तारमा लागिपर्ने छाैँ। पार।टीले दिएका दिशानिर्देश हामीले हरेक समय पूरा गरेका छाैँ। आगामी दिनहरूमा पनि पूरा गरने विशवास दिलाउन चाहान्छौँ। पार्टीका उमेदवार अमर लामालाई बिपुल मत दिलाउन हामी युवा शक्ति टोली हरेक बुथमा गएर सभाहरु साथै चुनाउ प्रचारमा पनि सहभागीता जनाउनेछाैँ। सभालाई टाउन कमिटी प्रवक्ता एल्जिन ब्राह्मणले सञ्चालन गरेका थिए।

About Author

Advertisement