अनित थापाको उपस्थितिमाखरसाङको भिक्टोरियामा रोड निर्माणको लागि शिलान्यास

IMG-20240912-WA0244

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर एक ग्राम सुधार समिति भिक्टोरिया ग्राम क्षेत्रमा जीटीए प्रमुख अनित थापाको उपस्थितिमा रोड निर्माणको लागि शिलान्यास गरिएको छ। उक्त रोड भिक्टोरिया स्कूल क्षेत्रको धोबी कटेजदेखि भिक्टोरिया भिलेजको नेत्र शर्माको घर नजिकसम्म जम्मा 600 मीटरको रहेको छ। खरसाङ ईञ्जिनियरिङ विभागबाट निर्माण हुन लागेको रोडको शिलान्यासपछि अब केही दिनपछि नै कार्य शुरु हुने भएको बताइएको छ। उक्त रोडको शिलान्यास कार्यक्रम जीटीए प्रमुख अनित थापाको विशेष उपस्थितिमा क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधान साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ। बौध्द धर्म गुरु लामाद्वारा पूजा अर्चना गरेर उक्त रोडको शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्य अघि वार्ड नम्बर एकको भिक्टोरिया ग्राम सुधार समितिको सार्वजनिक भवनमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई स्थानीय सुदिप राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङ नगरपालिकाको चेयरम्यान एंव ग्राम सुधार समिति भिक्टोरिया ग्रामको सचिव ब्रिगेन गुरुङले राखेका थिए। कार्यक्रमलाई जीटीए प्रमुख अनित थापाले सम्बोधन गरेका थिए। उनले वार्ड नम्बर एकको जनतालाई धन्यवाद दिन्दै बाटोको निर्माण कार्य उपहारस्वरूप रहेको बताएका छन्। उनले बाटो निर्माणको लागि निर्माण समिति बनाएर गुणस्तरीय बाटो निर्माणको लागि कार्य गर्नु पर्ने बाटो निर्माणक कार्य झट्टै शुरु गर्ने निर्देशन दिएका छन्। यस कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पा, भाइस चेयरम्यान सुवास प्रधान, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, ग्राम सुधार समिति भिक्टोरिया ग्रामको सभापति प्रताप थापा, खरसाङ ईञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्री लगायत नारी शक्ति, युवा शक्ति, २८ नम्बर समष्टि, खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीको पदाधिकारीहरू उपस्थित रहेका थिए। यस शिलान्यास कार्यक्रम र बाटो निर्माण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद श्याम शेर्पाले उक्त रोड निर्माणको लागि शिलान्यास कार्यको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले यो रोडको निर्माण कार्यको लागि स्थानीय ग्रामवासी सक्रिय रहेका थिए भन्दै यस रोडको लागि टिम नै लागि परेको बताउँदै रोड निर्माणको लागि स्थानीय ग्रामवासीलाई श्रेय दिएका छन्। सभासद श्याम शेर्पाले यो आफ्नो समष्टीमा रहेको विकासको कार्य रहेको र भविष्यमा समष्टीको अन्य ठाउँतिर पनि विकासका कार्यहरू गरिने जानकारी गराएका छन्।

About Author

Advertisement