नयाँ दिल्लीः कंग्रेस नेता एवं लोकसभा सांसद अधीर रञ्जन चौधरीलाई लोकसभाको कारबाहीदेखि निलम्बित गरिएको विरोधमा शुक्रवार कंग्रेस सहित अन्य विपक्षी दलहरूका सांसदहरूले संसद भवन परिसरमा विरोध प्रदर्शन गरे।
विरोध प्रदर्शनमा सामेले सांसदहरूले हातमा ”लोकतन्त्र बचाऔं”, ”लोकतन्त्र खतरामा छ” आदि लेखिएका प्लेकार्डहरू बोकेर अम्बेडकरको प्रतिमासम्म मार्च गरी विरोध प्रकट गरे। यस प्रदर्शनमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, राहुल गान्धी सहित वरिष्ठ कंग्रेस नेत्री सोनिया गान्धी एवं विपक्षका अनेकौं सांसदहरू सामेल थिए।
उल्लेख्य, लोकसभामा अविश्वास प्रस्तावमाथि चर्चा भइरहेको समय गए बिहीवार कंग्रेस नेता अधीर रञ्जन चौधरीले प्रधानमन्त्री मोदीको बारेमा अपशब्द प्रयोग गरेका थिए। सदनको पक्षबाट उनलाई माफी माग्ने आग्रह गर्दा पनि उनले माफी मागेका थिएनन्। यसैले गर्दा उनलाई सदनको कारबाहीदेखि निलम्बित गरिएको छ।
-हिस










