अतिरिक्त मुख्य सचिवले गरे राज्यपालसित भेट

IMG-20250619-WA0047

गान्तोक: पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावको नेतृत्वमा गएको एउटा टोलीले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवना शिष्टचार भेट गरे। यस अवसरमा सचिव निरज प्रधान र होण्डाला ग्याल्छेन पनि सामेल रहेका थिए। भेटको क्रममा अतिरिक्त मुख्य सचिव रावले पहिलो व्याचका कैलाश मानसरोवर यात्राको निम्ति आएका तीर्थयात्रीहरूलाई आधिकारिक विदाई गर्न निमन्त्रणा गरे। सो कार्यक्रम नथुलामा शुक्रबारको दिन हुने भएको छ। यस अवसरमा राज्यपालले राज्यमा हेलिकप्टर र उडान सेवाहरूको वर्तमान अवस्थाबारे जानकारी लिँदै हेलिकप्टर सेवा विस्तार गर्ने सम्भावनाहरूबारे छलफल गरे। राज्यपालले राज्यको पर्यटन क्षेत्रको सम्भावनाबारे जायजा लिँदै राज्यको जैविक विविधता, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई प्रचार गर्नुपर्ने विषयमीथि जोड़ दिए। राज्यपालले बातचितमा पर्यटन क्षेत्रलाई अझ सशक्त बनाउन वन, कृषि तथा संस्कृतिलाई प्राथमिकता दिन विभागहरूसँग समन्वय कायम राख्दै रणनीति बनाउनुपर्ने सुझाव दिए।

About Author

Advertisement