अतिरिक्त जिल्लापालको नेतृत्वमा तिक्पुर पैह्रौ प्रभावित गाउँको भ्रमण

adc_149

सोरेङ: सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल धिरज सुवेदी, सह अभियन्ता, जिल्ला पञ्चायत लगायत अन्य अधिकारूले आज लोवर तिक्पुरको पैह्रौ प्रभावित स्थानको भ्रमण गऱ्यो। विशेष गरेर राममाम नदीले आठ वटा घर साथै निती जमीनलाई क्षति पुऱ्याएको छ। पैह्रौ प्रभावित परिवारलाई प्रशासनले सुरक्षित स्थानमा जानु पर्ने सुझाउ दिएको छ। पैह्रौ प्रभावित परिवारलाई अस्थायी बसोबासो गर्नको निम्ति त्रिपल लगायत अन्य आवश्यक सामग्री प्रदान गरेको छ। यसरी नै १५ दिनसम्म पुग्ने राशनको पनि प्रशासनले व्यवस्था गरेको बताइएको छ।

उक्त स्थानमा जिल्ला आपदा प्रवन्धन प्राधिकरणले नजिकबाट निरीक्षण गरिरहेको र यो वर्षाको समयमा उक्त गाउँको सडकलाई पनि क्षति पुऱ्याउन सक्ने सम्भावना देखिएको छ। उल्लेखनीय छ, उक्त स्थानमा केही दिन अघि मन्त्री एमएन शेर्पा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीहरूले भ्रमण गरिसकेका छन्।

About Author

Advertisement