अण्डर १७ स्वर्गीय दावा माइला डुकपा मेरोमिरियल ट्रफीको खेल तालिका सार्वजनिक

IMG-20260103-WA0008

सोनादा: युनाइटेड रंगबुल फुटबल क्लबले स्वर्गीय दावा माइला डुक्पा अण्डर १७ फुटबल मेमोरियलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। ४६० पूल कम्युनिटी हल अजम्बारी संघ रंगबुलमा स्वर्गीय दावा माइला डुक्पाको दाजु मिटु डुक्पा र डुक्पा परिवार र युनाइटेड रंगबुल फुटबल क्लबका सदस्यहरू, रंगबुल फुटबल एकेडेमीका सभापति बन्धन चामलिङ र अन्य एकेडेमीका सदसयहरू उपस्थितिमा उक्त खेल तालिका सार्वजनिक गरेको छ। आगामी १२ जनवरी २०२६ बाट शुरू हुने तालिका छ र उद्घाटन दिनमा सदस्यहरूले सबै फुटबल प्रेमीहरूलाई त्यस दिन सांस्कृतिक कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्।‌ यस कार्यक्रम बिहान ११ बजीदेखि शुरु हुने भएको छ। उक्त दिनमा पहिलो खेल सङ्कट एफसी र एफसी कोतवालीबीच हुनेछ।दोस्रो खेल दाजु भाई युनाइटेड र अजम्बरी संघ ४६० रंगबुलबीच हुनेछ। अन्त्यमा यो फुटबल प्रतियोगिता सफल बनाउन युनाइटेड रंगबुल फुटबलले क्लबले रंगबुल फुटबल एकेडेमीसँग मिलेर यस फुटबल टूर्नामेंट लाई सफल बनाउने भएको छ।

About Author

Advertisement