कालचिनी: रक्तदान महादानको उक्तिलाई आत्मसात गर्दै धेरै क्लब र संघ-संस्थाहरुले विभिन्न ठाउँहरुमा स्वेच्छा रक्तदान शिविर गर्दै आईरहेको क्रममा शनिबार कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतअन्तर्गत पर्ने अठियाबारी चियाबारीको कमान अस्पतालमा स्वेच्छा रक्तदान शिविरको आयोजना गरेको जानकारी आयोजक कमिटीको पक्षबाट बान्टु चौधरीले दिएका छन्। अठियाबारीका स्टार ब्वाइज सोसियल वेलफेयर क्लब र महिला संघको संयुक्त आयोजनामा सम्पन्न सो शिविरमा जम्मा ५१ यूनिट रक्त सङ्ग्रह भएको थियो भने अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा संग्रहित रगत यूनिट जमा गरिएको बान्टु चौधरीले जनाएका छन्। यस क्रममा शिविर उद्घाटन अठियाबारी चियाबारीको प्रबन्धकको बाहुलीबाट गरियो भने रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र पनि वितरण गरियो। यस अवसरमा आयोजक कमिटीको सक्रिय सदस्यहरु एमपी तिर्की, बान्टु चौधरी, हरि चौधरी, हेमन्त कुल्लू, किशोर मुण्डा र काजी लामाले शिविरको व्यवस्थापन गरेl









