अजित जिम्बा भागोप्रमो सुकुना पानीघट्टा समष्टिको सभापति नियुक्त

सिलगढी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा – जिटिएका प्रमुख कार्यपाल अनित थापाको नेतृत्वमा आज सिलगढीस्थित पिन्टेल भिलेजमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा भागोप्रमो सुकुना पानीघट्टा समष्टिको सभापतिको कार्यभार अजित जिम्बालाई सुम्पिएको छ। यसैगरी, बिदुर छेत्रीलाई सचिवको पदभार दिएको छ भने तराई निरपानीका चन्द्रकान्त शर्मालाई पार्टीको केन्द्रीय कमिटीमा सामेल गरिएको पार्टी सूत्रले जानकारी दिएको छ।

About Author

Advertisement