अजय एड्वार्ड्स र महेन्द्र छेत्रीको भेटघाट, के नयाँ समीकरणको संकेत?    

WhatsApp-Image-2024-11-12-at-09.41.37

सिलगढी: हिजै मात्र दार्जीलिङमा मुख्यमन्त्री ममता ब्यानर्जीको आगमन भएको छl यसै अवधिमा गोरामुमोका पूर्व महासचिव तथा गोर्खा हिल सिक्स्थ सेड्युल मुभमेन्ट कमिटीका कन्भेनर महेन्द्र छेत्रीले हाम्रो पार्टीका  अध्यक्ष अजय एडवर्ड्सलाई सिमलबारी स्थित आफ्नो निवासमा निम्त्याएका थिए। पहिला महेन्द्र छेत्री र अजय एड्वार्ड्स एक साथ गोरामुमोमा थिएl तर हाम्रो पार्टीको उद्भव पछि यी दुई नेताको भेटघाट पहाडको राजनीतिमा नयाँ मान्न सकिन्छl सो भेटघाटमा दुई नेताले हालको राजनीतिक परिदृश्यबारे चर्चा गरेl जसमा दुवैले जीटीए र यसको प्रशासनविरुद्ध असन्तोष प्रकट गरे। महेन्द्र छेत्रीले यसलाई ‘अनुकूल’ भनेर वर्णन गर्दै गोर्खा समुदायका आकांक्षाहरूलाई अघि बढाउने सकारात्मक कदमहरू लिन सहयोग पुग्ने आशा प्रकट गरे। छैठौं अनुसूचीका कट्टर समर्थक रहेका महेन्द्र छेत्री र दार्जीलिङ समृद्ध बनाउने दानी गर्दै हिँडेका अजय एडवर्ड्सले सम्भवतः सशक्त गठबन्धन गठन गर्ने विचार साझा गरे। यी दुई नेताहरूको एकजुटताले पहाडको भविष्य आशालाग्दो साबित हुनसक्ने उनीहरू समर्थकहरूको आशा गरेका छन्। महेन्द्र छेत्रीका नजिकका स्रोतहरूका  अनुसार, कुनै औपचारिक निर्णय नभए पनि छेत्रीले एडवर्ड्सका राजनीतिक कदमहरूलाई गम्भीरतापूर्वक हेरिरहेका छन्l    

About Author

Advertisement