अजय एडवाडर्स लगायत १८ जनाले पाए जमानत

IMG-20240430-WA0231.jpg

दार्जीलिङ: अजय एडवाडर्स लगायत १८ जना समर्थकहरूले पाए जमानत। गत केही महिना अघि बंगाल विधान सभाको अधिवेशनको क्रममा राज्यको राज्य संसदीय मामिला मन्त्री सोभन्देव च्याटर्जीले आफ्नो सम्भाषणको क्रममा गोर्खाहरूलाई बाहिरो भन्ने जस्ता अपमानित शब्दको प्रयोग गरेको र राज्यको एक जिम्मेवार मन्त्री सोभेन्देव च्याटर्जीको गोर्खा विरोधी बयानले दार्जीलिङ पहाड लगायत देशको विभिन्न क्षेत्रहरूमा निकै हलचल मच्चिएको र यसै क्रममा हाम्रो पार्टीले मन्त्री सोभेन्देव च्याटर्जीको उक्त बयानको विरोध जनाएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, छिरिङ डेन्ढुप भुटियाँ, रितेश पोर्तेल, गोपाल परियार, नोरा सुब्बा, कुन्दन रजक,आशिष छेत्री, राप्गे खालिङ, विमल झावर, राजु सुब्बा, देव कुमार गुरूङ, रिङगा तामाङ उर्फ मुन्ना मंगर, प्रमोद रूम्बा, श्याम गौतम, विनय तामाङ, जिग्मी भुटियाँ, अदित्य राई र जोनी तामाङ विरूद्व मामला दर्ता भएको थियो। आज स्थानीय न्यायलयमा उनीहरूको अधिवक्ता श्यामलाल प्रधान र ऐश्वरी प्रधानले जमानतको अर्जी चढाएका थिए अनि न्यायधीसले उनीहरूको जमानतलाई स्वीकार गरेको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

About Author

Advertisement