गोरुबथान। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड आफ्नो परिवर्तन यात्राको टोलीसित भोलि (मङ्गलबार) अपरान्ह समयमा गोरुबथान आइपुग्ने छन्। तिनी हालमा आफ्नो टोलीसितै ४५ वटा समष्टिमा नै आफ्नो प्रार्थीको लागि भोट माग्न तथा प्रार्थी तथा कार्यकर्ताको मनोबल बडाउन यसरी यात्रा गरिरहेका छन्।यसै विषयलाई जानकारी गराउँदै गोरुबथान ४३ नम्बर समष्टिका हाम्रो पार्टीका सदस्य राजकुमार राईले गोरुबथानका सर्वसाधारणलाई यो जानकारी गराएका छन्।










