दार्जिलिङ: जीटीए चुनावको विरोधमा विगत तीन दिनदेखि आमरण अनशनमा बसिरहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न आज हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्ड पुगेका थिए। उक्त समय अजय एडवर्डले गोजमुमो प्रतिनिधिहरूबाट जीटीए चुनावमा भाग लिने निर्णयमा विरोधको सामना पनि गर्नु परेको थियो। गोजमुमो समर्थकहरूले अजय एडवर्डको अघाड़ी जीटीए चाहिन्दैन भनी नारा लगाए जसको कारण केही झण माहौल गरम बनेको थियो। अन्सनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्डले म यहाँ मानवताको नाताले अन्सनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न आएको बताउँदै म गुुरुङको स्वस्थ्यको लागि प्रार्थना गर्ने पनि बताएका छन्। राजनीति आफ्नो स्थानमा छ र आज यहाँ म दाजुलाई मानवताको नाताले भेट्न आएको बताए। अाज बंगाल सरकारले जीटीए चुनावको अधिसूचना प्रकाशित गरेपछि जीटीएको विरोध भईरहेको र अजय एडवर्डकै अघाड़ी गोजमुमो समर्थकहरूले जीटीएको विरोध गरेको कारणले पत्रकारहरूले जीटीए चुनावको विषयमा अड़ान के छ भनी सोधिएको प्रश्नको एडवर्डले घुमाएर दिएका थिए। उनले हाम्रो अड़ान स्पष्ट छ र यसलाई घरि घरि भन्ने छुइन भनी बताएका छन्।









