अजय एडवर्डले पुल बिजनबारीको लोवर नेजीमा खेल मैदान बनाईदिने

IMG-20230503-WA0311.jpg

स्थानीयहरूद्वारा आभार प्रकट

दार्जीलिङ: पुल बजार गोक ग्राम पञ्चायतको नेजीवासीलाई हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले खेल मैदानको उपहार। पूल बजार गोक २ ग्राम पञ्चायत अन्तर्गत लोवर नेजीको बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष गाउँमा खेल मैदान बनाई दिने अनुरोध गर्दै आईरहेका थिए। गाउँलेहरूको अनुरोधलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स गाउँकै एउटा जमीन किनेका छन् अनि उक्त जमीनमा खेल मैदान बनाईदिने वाचा गरेका छन्। पूल बजार क्षेत्रका जनताहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष आफुहरूको गाउँमा भ्रमण गरी दिने विगत धेरै दिन अघिदेखि निवेदन गर्दै आईरहेको हुनाले आज उनी पुल बजार आदि क्षेत्रको भ्रमणमा निस्केका थिए। यस अवधि पूल बजार गोक २ ग्राम पञ्चायत अन्तर्गत लोवर नेजी गाउँ पुगेका थिए। स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स लोवर नेजी बस्तीको भ्रमणमा पनि आउँदैछन् भन्ने खबर पाएको हुनाले गाउँको बाटो किनारहरूमा स्वागत द्वार बनाएर पार्टीको झण्डा आदि लगाएर भव्य स्वागत जनाएको जानकारी प्राप्त भएको छ।उपस्थित लोवर नेजी गाउँका वासिन्दाहरूलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, स्थानीय गाउँलेहरूले आफुहरूको गाउँमा खेल मैदान नभएको गुनासोहरू पोख्दै आईरहेका थिए अनि मैले पनि यस क्षेत्रमा खेल मैदान हुनुपर्छ भन्दै आईरहेको थिएँ। तर खेल मैदानको निर्माण गर्न जमीनको अभाव रहेकोले यस गाउँकै एकजना व्यक्तिको जमीन मैले किनेर गाउँलेहरूको इच्छालाई पूरा गर्ने काम गरेको छु। गाउँमा खेल मैदान छ भने गाउँको युवा भाइ बहिनीहरूले खेलकूदमा रूची राख्ने छ अनि हाम्रै गाउँ बस्तीहरूबाट पनि राम्रो राम्रो खेलाडीहरूका जन्म हुनेछ।’

गाउँलेहरूलाई सम्बोधन गर्दै उनले अझ भने, आगमी केही दिनभित्रमा नै खेल मैदान निर्माणको निम्ति जेसीपी पठाउनेछु अनि खेल मैदानको निर्माण कार्य शुरू गरिनेछ। खेल मैदानको निर्माण कार्य पूरा भएपछि खेल मैदानको चारैतिर सोलर लाइट लगाइनेछ। हामी नेपाली भाषी गोर्खाहरूलाई राज्यको जिम्मेवार मन्त्री समेतले अनुप्रवेशकारी भनेका छन् भने हामीले हाम्रो युवा भाइ बहिनीहरूलाई खेलकूद क्षेत्रबाट अनुप्रवेशकारी जस्ता कलंकहरूबाट जातिलाई उन्मुक्ति दिलाउने काम गर्नेछ भन्ने विषयमाथि आफु आशावादी रहेको छु।’
हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले खेल मैदान बनाई दिने भएपछि लोवर नेजीका वासिन्दाहरूले अजय एडवर्डप्रति आभार प्रकट गरेका छन्।

About Author

Advertisement