अग्रगामी सङ्घको आयोजनामा रक्तदान शिविर

अलिपुरद्वार: सोमबार अग्रगामी सङ्घको तर्फबाट हासीमारा क्षेत्रमा रक्तदान शिविरको आयोजना गरियो। जिल्ला अस्पतालमा रगत अभाव पूर्ति गर्न रक्तदान शिविर आयोजना गरिएको छ। यस दिनको शिविरमा अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्क टोलीको उपस्थिति थियो। कार्यक्रममा क्षेत्रका ५० जनाले रक्तदान गरेका थिए। शिविरमा सन्तली ग्राम पञ्चायतका प्रमुख मनोज बरुआलगायत क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement