दार्जीलिङ: भारत सरकारले अग्निपथ योजना शुरू गरेकोमा हर्ष प्रकट गर्दै सांसद राजु विष्टले यस योजनाबाट देशको सेवा गर्न चाहने दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि उत्तर-पूर्व राज्यका युवाहरूलाई लाभ पुग्ने बताएका छन्। यस योजना लागु गरेकोमा सांसदले देशका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलाई धन्यवाद दिएका छन्। सांसद विष्टले एक विज्ञप्ति जारी गर्दै यसो भनेका छन्, ‘वर्षौँदेखि हाम्रा देशका युवाहरूले आफूलाई अप्रत्यक्ष रूपमा एनसीसी अनि एनएसएसको माध्यमबाट देशको सेवामा संलग्न गराएका थिए। देशको निम्ति युवाहरूको यो सेवा उनीहरूको स्कूल-कलेज सकिन साथै सकिन्थ्यो। सरकारको अग्निपथ योजनाअनुसार युवाहरूले राम्रो आयस्रोतको माध्यम चार वर्षसम्म देशको सेवा गर्न सक्नेछन्। यस योजनाअन्तर्गत देश सेवा गर्न युवाहरूलाई पूर्ण रूपले प्रशिक्षण प्रदान गरिन्छl’ सांसद राजु विष्टले अझ भनेका छन्, ‘अग्निपथ योजनाअन्तर्गत प्रत्येक वर्ष ५० हजार युवाहरूलाई भर्ती गरिने छ। भर्ती भएका यी युवाहरूलाई अग्नि वीर नामले चिनिने छ। भर्ती भएका युवाहरूलाई तीन महिनाको प्रशिक्षण प्रदान गरिने छ। अग्निवीरहरूलाई शुरूमा ४.६७ लाख रूपियाँको वार्षिक प्याकेज प्रदान गरिने छ अनि बढ्दै गएर ६०९२ लाख रूपियाँ हुनेछ। चार वर्षपछि अग्निवीरहरूले एकै साथ लगभग ११.७१ लाख रूपियाँ प्राप्त गर्नेछन्। सेवाको अवधिमा अग्नि वीरहरूको ४८ लाख रूपियाँको वीमा रहने छ। मलाई आशा छ हाम्रा दार्जीलिङ पहाड़, तराई, डुवर्स अनि उत्तर-पूर्वका युवाहरूले यो योजनाबाट राम्रो लाभ उठाउने छन्l’










