अगस्त्य’को हाइप झनै उच्च (हेर्नुहोस् भिडियो)

429091691_1784966965353412_6762969626079767907_n

टीआरआई समाचार

काठमाडौं: आउँदो महिना १ मार्च (फागुन १८ गते)बाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ। फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ। फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ। यस फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ। यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए। उनले तौल घटाएर बनाएको शरीर ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ।
अभिनेता सौगातको चरित्रमा देखिएको विविधताले दर्शकको मन झनै जितेको छ। ट्रेलर हेर्दा उनलाई रोमान्टिक, एक्सन र मानसिक सन्तुलन गुमेको चरित्र गरी तीनवटा अवस्थामा देखाइएको छ। ‘अगस्त्य’मा उनले गरेको भूमिका लामो समयसम्म दर्शकको दिमागमा बस्ने अनुमान लगाउन सकिन्छ। यसै गरी, अर्का नायक नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ। फिल्ममा सौगात र नाजिरको एक्सनलुक्स, प्रमोद अग्रहरिको भिलेन लुक्स र र निश्चल बस्नेतको झलकले पनि फिल्मको महत्त्व बढाइदिएको छ। टिजर र ट्रेलरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर उत्तिकै दमदार छ । कूल मिलाएर यो फिल्मले सबैको ध्यान तान्न सफल भएको छ। टिजरमा समावेश ‘मानव सभ्यताको शुरुवात जंगलबाट भयो, जंगल मासेर गाउँ बन्यो, गाउँबाट शहर सबै कुरा बद्लियो यहाँ, तर बद्लिएन मान्छे भित्रको जनवार’ भन्ने संवादलाई दर्शकले मन पराएका छन्।
यस्तै, अभिनेता प्रमोद अग्रहरिले बोलेको ‘म आज् स्वयं, म अन्त्य स्वयं, जनम हुँ म, मरण स्वयं, निर्माता हुँ, संघार स्वयं’ संवाद दर्शकहरूले औधी मन पराएका छन्। १५ मार्च (फागुन ३ गते)मा युट्युबमा सार्वजनिक भएको ट्रेलर ६ लाख १६ हजारभन्दा बढीले हेरेका छन्। करिब १४ सय जनाले ‘उत्कृष्ट’ रहेको प्रतिक्रिया दिनुका साथै र ‘बहुमुखी अभिनेता सौगात मल्ल’ भन्दै प्रतिक्रिया दिएका छन्। सार्वजनिक ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराएको छ। यस हिसाबले फिल्म आम दर्शकका लागि १ मार्च (फागुन १८ गते) प्रतीक्षित बन्न सफल भएको देखिन्छ।
फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले ट्रेलर बनाउन धेरै मिहिनेत गरेका थिए। जसअनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरूको ट्रेलर प्रतिको उत्सुकताले आफूलाई थप जिम्मेवार बनाएको निर्देशक चौधरीको तर्क छ। विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ। डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्म १ मार्च (फागुन १८ गते) नेपालसँगै विश्वभरबाट रिलिज हुनेछ। फिल्म अमेरिका र इंग्ल्याण्डमा आठ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७५० शोमा रिलिज हुनेछ।

About Author

Advertisement