अखिल सिक्किम सरकारी कर्मचारी संघ (सी/डी) ले मुख्यमन्त्रीप्रति धन्यबाद चडाए

n48506930416801091219824564c4c00a351cb8677d1f6fb3313d3a6672959a0c268f4c10cef438477d6742.jpg

गान्तोक: अखिल सिक्किम सरकारी कर्मचारी संघ (सी/डी) ले राज्यका सबै सरकारी कर्मचारीहरू र पेन्शनरहरूको निम्ति चार प्रतिशत महॅंगाई भत्ता बढ़ाइदिएकोमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। यसैगरी, संघले नयॉं पेन्शन योजनाको जॉंच गर्न र पुरानो पेन्शन योजना लागू गर्न कमिटी गठन गरिएकोमा पनि मुख्यमन्त्रीलाई धन्यवाद दिएको छ। उल्लेख्य, पुरानो पेन्शन योजना बहाल गर्ने विषयलाई लिएर गत वर्ष १२ अनि १३ दिसम्बरका दिन डिमापुरमा नर्थ इस्ट इम्प्लोइज फेडरेशनको बैठक आयोजन गरिएको थियो। बैठकमा अखिल सिक्किम सरकारी कर्मचारी संघका अध्यक्षले नयॉं पेन्शन योजनाको विरोध जनाउॅंदै पुरानो पेन्शन सिस्टमको पक्षमा समर्थन जनाएका थिए।यस सन्दर्भमा पुरानो सिस्टम लागू गर्नु पर्ने र नयॉं सिस्टम हटाउनु पर्ने माग गर्दै एउटा लिखित ज्ञापन पत्र पनि एआईएसजीईएफका सचिवलाई बुझाइएको थियो। संघले ग्रुप सी अनि डी कर्मचारीहरूसित सम्बन्धित विभिन्न मुद्दाहरूको बारेमा चर्चा गर्न मुख्यमन्त्रीसॅंग भेट्ने र ज्ञापन बुझाउने समयको निम्ति अनुरोध गरेको छ।

About Author

Advertisement