अखिल सिक्किम खस छेत्री बाहुन संघका अध्यक्ष, महासचिवले दिए राजीनामा

photocollage_20226622462798.jpg

गान्तोक। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको कार्यकारिणी समितिको विशेष बैठक संघका कार्यकारी अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा सम्पन्न भयो। सभाको मुख्य विषय सिक्किम सरकारको कार्मिक विभागद्वारा ३१ मई २०२२ मा जारी गरिएको आधिकारिक ज्ञापनलाई अनुपालन गरी संघका विभिन्न पदमा रहेका सरकारी अधिकारीहरूको पदत्याग सम्बन्धी थियो। यस सम्बन्धमा संघका अध्यक्ष राजू बस्नेत, संघका महासचिव के एन शर्मा (प्रकाश) र सचिव टेकबहादुर छेत्रीले सो ज्ञापन अनुपालन गरी आफ्-आफ्नो पदत्याग पत्र बुझाइसकेका छन्।

यस बैठकमा उपस्थित सदस्यहरूको सर्वसम्मतिमा विशेष निर्णयका साथ निवर्तमान अध्यक्ष राजू बस्नेतलाई संघको प्रमुख परामर्शक मनोनित गरिएको छ भने यसरी नै निवर्तमान महासचिव केएन शर्मा (प्रकाश) र निवर्तमान सचिव टेकबहादुर छेत्रीलाई क्रमैले परामार्शक १ – २ मनोनित गरियो। आजको बैठकले सर्वसम्मतिमा एउटा प्रस्ताव पारित गरी संघको आधिकारिक चुनाउसम्म वर्तमान कार्यकारी अध्यक्ष नारायण खतिवडाले नै संघको अध्यक्षको अभिभारा निर्वहन गर्नुपर्ने छलफल भयो। यसै गरी वर्तमान संयुक्त सचिव दिवाकर बस्नेतलाई महासचिव अनि भर्खरै दक्षिण जिल्ला समितिबाट केन्द्रीय समितिमा समावेश गरिएका सदस्य टीआर भट्टराईलाई सचिवको अभिभारा सुम्पिइएको छ।

About Author

Advertisement