अखिल गिरीले महिला सरकारी अधिकारीलाई दिएको धम्कीको विरोधमा निकालियो र्‍याली

IMG-20240804-WA0267

सिलगढी: अखिल गिरीले महिला सरकारी अधिकारीलाई दिएको धम्कीको विरूद्ध अखिल भारतीय लोकतान्त्रिक महिला संघको एक विरोध कार्यक्रम आयोजना गरियो। त्यसपछि विरोध र्‍यालीले क्षेत्र परिक्रमा गरेको थियो। राजेजुरमा तान्या डे, नीलिमा रोयलगायतको नेतृत्वमा र्‍याली निकालेर महिला सुरक्षाको माग उठाइयो। महिला मुख्यमन्त्रीको कार्यकालमा राज्यका महिला असुरक्षित रहेको यो घटनाले प्रमाणित गरेको विरोध र्‍यालीमा सहभागीहरुले बताएका छन्।

About Author

Advertisement