सिलगढी: सिलगढीमा विशेष अपाङ्गता भएका नाबालिगलाई यौन दुव्र्यवहार गर्ने प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। आरोपीको पहिचान राजस्थान निवासी राजु बगडिया(२०)को रूपमा गरिएको छ।
पुलिस स्रोतका अनुसार राजस्थानको एउटा समूह केही दिनअघि व्यवसायका लागि सिलगढी आएको थियो र वार्ड नम्बर १ मा भाडामा घर लिएको थियो। त्यही समूहका एक युवकले छिमेकमा बस्ने एक अपाङ्गता भएकी नाबालिगलाई बलात्कार गर्ने प्रयास गरेको आरोप छ।
नाबालिगका मामाका अनुसार करिब तीन चार दिनअघि राजस्थानका केही महिला र युवाहरुले प्रधान नगर पुलिस थाना अन्तर्गत उनको घर नजिकैको घर भाडामा लिएका थिए। अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने भान्जी आफू र बहिनीसँगै बस्ने उनले बताए।
मंगलबार दिउँसो कामबाट घर फर्किंदै गर्दा उनले भान्जी चिच्याएको आवाज सुने र कोठामा पुगे। त्यहाँ उनले युवकलाई जघन्य कार्य गर्न खोजेको भेट्टाए।
घटनाबारे थाहा पाएपछि स्थानीयले राजस्थानबाट आएका उक्त समूहलाई प्रश्न गरे र प्रधाननगर पुलिस थानालाई खबर गरे। खबर पाउने तत्कालै प्रधाननगर पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिए।
आरोपी युवक शुरुमा फरार भएपनि पछि पुलिसले उसलाई पक्राउ गरना सफल भए। बुधबार आरोपितलाई सिलगढी अदालतमा पेश गरियो। घटनाको थप अनुसन्धान भइरहेको छ।