दलगांऊ: गैरीवास उच्च माध्यमिक विद्यालय हाल २० जना विद्यार्थीलाई लिएर राष्ट्रिय अखण्ड भ्रमणमा गएका छन्। यस भ्रमणमा प्रधान अध्यापक पदम सुवेदी र शिक्षिका निक्की छेत्री पनि गइरहेका छन्। दलगांऊ ८ जी. आर. क्याम्पका मेजर नवीन कुमार औ विन्नागडी कृपाण डिपोको संयुक्त पनि यस टोलीमा रहेका छन्।यस राष्ट्रीय अखण्ड भ्रमणमा १२ दिनको निम्ति रहेको छ। यो टोली यस भ्रमणमा दिल्ली, अमृतसर, चंडीगडका विभिन्न ऐतिहासिक स्थानको स्थलगत् भ्रमण गर्ने जानकारी पाइएको छ। यस राष्ट्रीय अखण्ड भ्रमणमा रहेका सम्पुर्ण टोलीलाई सम्पूर्ण पाठशाला परिवारले हार्दिक खुशी एवं सुरक्षित यात्राको कामना व्यक्त गरेका छन्।