मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय ४ कम्पनीसँग समझदारी

IMG-20240501-WA0005

Loading

झापा: तेस्रो लगानी सम्मेलनका दौरान मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ। सोमबार बीटुबी प्यानल डिस्कसनमा भारतीय र चाइनिज लागनीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स (जीकेसीसी) परियोजनामा देखिएको थियो। कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन्। लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनी/संस्थालाई इक्युटी पार्टनरका रुपमा भित्र्याउने तयारी कम्पनीले गरेको छ।

सोमबार नै लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट एमडी निरक पौडेलले सम्झौतापत्रको ड्राफ्ट साटसाट गरेका छन्। ब्यांकिङ तथा प्राविधिक पक्षहरूमा क्लियर भएपछि अन्तिम सम्झौता हुनेछ। उनका अनुसार जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको ड्राफ्ट साटसाट गरेका छन्। ५० मिलियन डलर लागत रहेको परियोजनाका लागि ३० देखि ४० प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले बताए। जानकारी अनुसार चाबहिलको प्राइम लोकेसनमा अवस्थित परियोजना त्रिभुवन विमानस्थलसँगै पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरू नजिक रहेका छन्।     

About Author

Advertisement