फ्रान्सका राजदूतद्वारा काबी क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन

n7081195131775928927315700074c00599a6eabbec003c5ce0ac70f4294ff51c39fa98ea7054ce87a2f52e

मङ्गन: फ्रान्स का राजदूत थिएरी माथौ ले आज मङ्गन जिल्लाअन्तर्गत काबी महकुमामा रहेका सांस्कृतिक तथा ऐतिहासिक महत्वका विभिन्न स्थलहरूको भ्रमण गरेका छन्।
उनको प्रतिनिधिमण्डलमा पत्नी सेसिल माथौ, कोलकाता स्थित वाणिज्य दूतावासका सदस्यहरू, राजनीतिक तथा सहयोग अधिकारी याजिद सुसी लगायत अन्य प्रतिनिधिहरू सहभागी थिए।
काबी महकुमाकी अधिकारी मोनिका राई ले राजदूतलाई फुडोङ स्थित लाब्राङ गुम्पामा स्वागत गरेकी थिइन्। त्यसपछि प्रतिनिधिमण्डलले तुमलोङ मा रहेको शाही दरबारका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन गरेका थिए।
भ्रमणका क्रममा टोलीले फुडोङ गुम्पा, फेन्साङ गुम्पा तथा काबी लुङचोक मा रहेको ऐतिहासिक सन्धि स्थलको पनि अवलोकन गरेको थियो।
भ्रमणका दौरान प्रतिनिधिहरूबीच अन्तरक्रिया हुनुका साथै आपसी सहयोगका सम्भावित क्षेत्रहरूमाथि छलफल गरिएको थियो। टोलीले विभिन्न गुम्पाहरूको अवलोकन गर्दै राज्यको समृद्ध सांस्कृतिक तथा आध्यात्मिक सम्पदाबारे जानकारी लिएको थियो।
यो भ्रमण विशेषगरी भारत र फ्रान्स बीच सांस्कृतिक आदान–प्रदान र साझेदारीलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा लिइएको बताइएको छ।

About Author

Advertisement