खानपान शैली, कानुनी सेवा र बाल अधिकारमाथि सचेतना कार्यक्रम सम्पन्न

n63373348517280655203045e0014ad363a7258368890ce2bb2437fd8fa4dcd10b3fe38ffef3c9f9866435f

Loading

सोरेङ: खानपान शैली, कानुनी सेवा, बाल अधिकार लगायत चाइल्ड हेल्पलाइन र वुमन हेल्पलाइनलाई लिएर सोरेङ जिल्लाकको नयाँ बजार निम्न माध्यमिक विद्यालयमा एक सचेतना कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा सीडीपीओ गौरी तामाङ, जिल्ला प्रभारी नुतन लेप्चा लगायत अधिकारीहरू, विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ‘बेटी बचाओ बेटी पढाऔ’ कार्यक्रम र अन्तरराष्ट्रिय बालिका दिवस पालन विषयमा पनि जानकारी गराइयो। कार्यक्रमलाई सम्बोधन गर्दै सीडीपीओ गौरी तामाङले पनि ‘बेटी बचाओ बेटी पढाऔ’ र अन्तरराष्ट्रिय बाल दिवस मनाउनुको मुख्य उद्देश्यबारे जानकारी गराउँदै यसको महत्वबारे पनि प्रकाश पारिन्। उनले शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने अवसर दिएकोमा विद्यालयलाई धन्यवाद पनि दिइन्।
कार्यक्रममा शिक्षक र बालबालिकाहरूले यस्ता जानकारीमूलक र शैक्षिक सत्रहरू आयोजना गरिएको विषयमा आफ्नो विचार राखेका थिए। उनीहरुले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरुको आयोजना होस् गर्ने इच्छा व्यक्त गरेका छन्।

About Author

Advertisement