एशियाई खेलहरूको सफ्ट टेनिसमा काँस्य पदकको साथ इतिहास रचे जय मीणाले

IMG-20260923-WA0043

नयाँ दिल्ली: एशियाई खेलहरू २०२६-मा जय मीणाले इतिहास रचे। बुधवार पुरुष एकल सेमिफाइनलमा पुगेर उनले सफ्ट टेनिसमा भारतको निम्ति एशियाई खेलहरूको पहिलो पदक पक्का गरे। पुरुष एकल सफ्ट टेनिसमा जय मीणा चोटले गर्दा सेमिफाइनलबाट हट्नु पऱ्यो। यसको साथै उनको स्वर्ण पदक जित्ने अभियान समाप्त भयो अनि उनले काँस्य पदकमै सन्तोष मान्नु पाऱ्यो। चोटले गर्दा सेमिफाइनलमा ओर्लिन नसके पनि जयले इतिहास रचे। एशियाई खेलहरूमा सफ्ट टेनिसमा यो भारतको पहिलो पदक हो। क्वार्टर फाइनलमा जीतको साथ जय मीणाले कम्तीमा काँस्य पदक पक्का गरेका थिए। रोमाञ्चक क्वार्टर फाइनलमा उनले फिलिपिन्सका शेरविन नुगुइटलाई ७ गेममा ०-४, ४-२, २-४, ५-३, २-४, ७-५-ले पराजित गरे। यसअघि उनले ग्रुप डी-मा पाकिस्तानका अरैन हुसेनलाई ४-०-ले सजिलै पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाएका थिए। जय मीणाको यो तेस्रो एशियाई खेल हो। यसअघि उनले २०१८ र २०२२-को संस्करणमा पनि हिस्सा लिएका थिए। उल्लेखनीय छ, सफ्ट टेनिसमा जय मीणाको यात्रा लगभग संयोगले शुरु भएको थियो कारण उनी शुरुवातमा क्रिकेटर बन्न चाहन्थे। देवासमा पढ़ाई शुरु गर्दा उनले सफ्ट टेनिस कोर्टमा ओर्लिने मौका पाएका थिए। त्यहीँबाट उनको यस खेलमा रुची बढ़ेको थियो।

About Author

Advertisement