मार्टिन लटरी घोटालाः ईडीले गऱ्यो ४५७ करोड रुपियाँको सम्पत्ति फ्रिज

si-5

गान्तोकः सिक्किममा २००९-१० मा भएको कथित मार्टिन लटरी घोटला मुद्दामा प्रवर्तन निदेशालय (ईडी) ले दक्षिण भारतमा सेन्टियागो मार्टिनका केही ठेगानामा छापा मारेर ४५० करोड रुपियॉंभन्दा अधिकको सम्पत्ति जफ्त गरेको छ। यस घोटला समबन्धमा ईडीले प्रीभेन्सन अफ् मनी लण्ड्रिरिङ एक्ट २००२ अन्तर्गत सेन्टियागो मार्टिन र अन्य विरुद्ध मामिला दर्ता गरेको छ।

जाँचकै क्रममा पछिल्लो ११ र १२ मईका दिन ईडीले कोयम्बटुर र चेन्नईमा सर्च अपरेशन चलाएर उक्त सम्पत्ति जफ्त गरेको थाहा लागेको छ। जानकारी अनुसार, ईडीले कोयम्बटुरमा फ्युचर गेमिङ सल्युसन्स इण्डिया प्राइभेट लिमिटेडको कार्यालयमा छापा मारेको थियो। यो कम्पनी सिक्किममा लटरीको मास्टर डिस्ट्रिब्युटर रहेको बताइएको छ। अर्कोतिर कोयम्बटुरमा नै सेन्टियागो मार्टिन कै आवासीय परिसर र चेन्नईस्थित मार्टिन परिवारको आवासीय र व्यवसायिक परिसरमा पनि छापा मारेको छ। ईडीको सर्च अपरेशनमा लगभग ४५७ करोड रुपियाँको सम्पत्तिको पत्तो लागेको र प्रीभेन्सन अफ् मनी लण्ड्रिङ एक्ट २००२ अन्तर्ग १५७.७ करोड रुपियाँको चल सम्पत्ति र २९९.१६ करोड रुपियाँको अचल सम्पति फ्रिज गर्ने आदेश जारी गरिएको ईडीले १५ मईका दिन जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

जानकारी गराइन्छ, यो लटरी घोटला १ अप्रेल, २००९ देखि ३१ अगस्त, २०१० मा भएको आरोप छ। सिक्किममा लटरी बिक्रीसित सम्बन्धित मामिलामा सेन्टियागो मार्टिन विरुद्ध सीबीआईले आईपीसीका केही धारा अन्तर्गत केरलको कोचीमा मामिला दर्ता गरेर जाँच चलाइरहेको थियो। यस मामिलामा सीबीआईद्वारा जारी फाइनल रिपोर्टका आधारमा ईडीले मनी लण्ड्रिङको मुद्दा दर्ता गरेर जाँच कार्य अघि बढाएको थियो। मामिलामा मार्टिन र उसका सहयोगी कम्पनी र संस्था मिलेर अवैध लाभ कमाएको अनि सिक्किम सरकारलाई ९१० करोड रुपियाँ घाटा भएको ईडीले पायो। आरोप अनुसार, लटरीका टिकटमा धाँधली भएको छ साथै प्राइज विनिङ टिकटका दाबीलाई बढाएर पेश गरिएको छ। मामिला सम्बन्धमा थप जाँच भइरहेको ईडीले प्रेस विज्ञप्ति बताएको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *