अन्तर शाखा भलिबल टूर्नामेन्टको फाइनल खेलमा मुख्यमन्त्रीको सहभागी

IMG_20220615_233116.jpg

सोरेङ। सिक्किम पुलिसले आफ्नो स्थापनाको १२५औं वर्ष पूरा गरेको अवसरमा भलिबल टूर्नामेन्टको आयोजना गरिएको थियो। पिपलेस्थित दोस्रो आईआरबी मुख्यालयमा आयोजित अन्तर शाखा भलिबल टूर्नामेन्टको फाइनल खेलमा मुख्यमन्त्री प्रेमसिंह तामाङले सहभागी जनाएको थियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्म पत्नी कृष्ण राई, केबिनेट मन्त्रीहरू, विधायकगण, डीजीपी ए. सुधाकर राव, जिल्लापाल भीम ठटाल, आईआरबी कमाण्डेन्ट केबी साङ्गर्पा आदि पनि उपस्थित थिए। अन्तर शाखा भलिबल टूर्नामेन्टको आयोजना २ जूनदेखि शुरू भएको थियो। आज खेलिएको फाइनलमा स्पेशियल ब्राञ्च विजेता बन्यो भने होमगार्ड र सिभिल डिफेन्स टीम उप विजेता बने। मुख्यमन्त्री तामाङले विजयी दललाई तीन लाख र उप विजेता दललाई दुई लाख रूपियॉं प्रदान गरे। यसैगरी, उनले सेमी फाइनलमा पुग्न सफल दुई दल एक एक लाख तथा सबै प्रतिभागी दललाई पचास पचास हजार रूपियॉं प्रदान गरे।

कार्यक्रममा पुलिस विभागको तर्फबाट डीजीपीले मुख्यमन्त्रीलाई सम्मानित गरे। भलिबल प्रतियोगिताभन्दा पहिला मुख्यमन्त्रीले सिक्किम पुलिसको नवनिर्मित संकाय भवन उद्घाटन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *