नगरपालिकाको बजेटमाथिको छलफलमा भाजपाको वाकआउट

1e661652-6ed3-44b7-a0a4-cb33120ccbd4

सिलगढीः सिलगढी नगरपालिकाको बजेटमाथिको छलफलबाट भाजपा बाहिरिएको छ। सिलगढीको वार्ड नम्बर २४ मा रहेको वार्ड कार्यालयमा हंगामा भएपछि भाजपा नेता विकास सरकार पक्राउ परेका छन् । सो घटनाको विरोध गर्दै नगरपालिकाको बजेट प्रस्तावमाथिको छलफलका क्रममा भाजपाले वाकआउट गरेको थियो । शुक्रबार महानगरपालिकामा बजेटमाथि छलफल भएको थियो । छलफलको सुरुमा विपक्षी दलका नेता अमित जैनले आफ्नो भनाइ राखे ।त्यसपछि भाजपाका पार्षदहरूले वार्ड नम्बर २४ घटनाको विरोधमा वाकआउट गरे। बजेटका बारेमा अमित जैनले प्रस्तुत बजेटले कुनै पनि विकास गर्न नदिने बताए ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *